$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

देशभर ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ सुरु 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागीमूलक बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले आज (आइतबार) देखि देशभर 'मत...

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागीमूलक बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले आज (आइतबार) देखि देशभर 'मतदाता शिक्षा विशेष कार्यक्रम' सुरु गर्दैछ । 'निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८' बमोजिम स्वीकृत यस कार्यक्रममार्फत आम नागरिकलाई मतदानको महत्त्व र सही प्रक्रियाबारे जानकारी दिइनेछ ।

आयोगका अनुसार यो अभियान आजदेखि आगामी फागुन १७ गतेसम्म देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन र मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न यो कदम चालिएको हो ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएको छ । ती स्वयंसेवकहरूले मतदाताको बस्ती र घरदैलोमै पुगेर नमुना मतपत्र प्रदर्शन गर्ने, सही तरिकाले स्वस्तिक छाप लगाउने र मतपत्र पट्याउने विधि सिकाउने र निर्वाचनको महत्त्व र लोकतन्त्रमा एउटा मतको शक्तिबारे सचेतना फैलाउने कार्य गर्नेछन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस अभियानलाई सफल बनाउन सबै पक्षको साथ आवश्यक रहेको बताउनुभएको छ । आयोगले सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चार जगत्लाई यस कार्यमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

विगतका निर्वाचनहरूमा प्राविधिक ज्ञानको अभावमा धेरै मत बदर हुने गरेको तथ्यलाई ध्यानमा राख्दै आयोगले यस पटक प्रयोगात्मक शिक्षामा जोड दिएको छ । प्रभावकारी मतदाता शिक्षाले एकातिर जनसहभागिता बढाउँछ भने अर्कोतिर मत खेर जानबाट जोगाई निर्वाचनको साख उच्च राख्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content