$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

बंगलादेशमा बीएनपी बहुमतका साथ विजयी, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं। बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनबाट बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) स्पष्ट बहुमतका साथ विजयी भएको छ। २९९ सदस्यीय प्रतिनिध...

काठमाडौं। बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनबाट बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) स्पष्ट बहुमतका साथ विजयी भएको छ। २९९ सदस्यीय प्रतिनिधिसभामा बीएनपीले १६५ सिट जितेपछि पार्टी अध्यक्ष तारिक रहमान देशको आगामी प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको छ।

पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तारिक रहमानले दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए । दुबै क्षेत्रमा उनको सहज जित भएको निर्वाचन आयोगले जनाएको छ।

१७ वर्षसम्म बेलायतमा निर्वासित जीवन बिताएका रहमान गत वर्ष डिसेम्बरमा मात्र स्वदेश फर्किएका थिए। लामो समयपछि सक्रिय राजनीतिमा फर्किएका उनी अब बंगलादेशको कार्यकारी नेतृत्व सम्हाल्ने तयारीमा छन्।

निर्वाचनमा जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ४५ सिटमा मात्र सफलता पाएको छ। जमात प्रमुख सिफुकर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रमा जित हात पारेका छन्। बाँकी सिट अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारको भागमा परेका छन्।

यसपटकको निर्वाचन विशेष अर्थपूर्ण मानिएको छ। पूर्वप्रधानमन्त्री शेख हसिना भारत पलायन भएपछि र खालिदा जियाको निधनपश्चात् बंगलादेशमा पहिलोपटक पूर्ण संसदीय चुनाव भएको हो।

झण्डै ३५ वर्षपछि देशले नयाँ राजनीतिक नेतृत्व पाउन लागेको यस निर्वाचनलाई बंगलादेशको राजनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content