$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढी–३ झाब्राहा मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, ‘परिवर्तनको घण्टी’ बजाउँदै

पर्सागढी, पर्सा । राजनीतिमा परिवर्तनको सन्देश बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार का...

पर्सागढी, पर्सा । राजनीतिमा परिवर्तनको सन्देश बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु बुधबार पर्सागढी नगरपालिका–३ को झाबराह टोलमा मतदाताको घर–घर पुगे। घरदैलो कार्यक्रममार्फत उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै देशको विद्यमान अवस्था र भविष्यको दिशाबारे खुलेर कुरा राखे।


स्थानीय बासिन्दासँगको भेटघाटमा कानुले भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारले देशलाई पछाडि धकेलेको उल्लेख गर्दै अब यस्ता प्रवृत्तिको अन्त्यका लागि राजनीतिक परिवर्तन अपरिहार्य भएको बताए।


“सबै जात, समुदाय, धर्म, लिङ्ग र संस्कृतिलाई समेट्ने समुन्नत समाज बनाउन नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता छ,” उनले भने, “त्यसको सुरुवात घण्टी छापमा मतदानबाट हुन्छ।”


उनले पर्सा–२ बाट विगतमा निर्वाचित प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी जस्ता आधारभूत क्षेत्रमा अपेक्षित परिणाम दिन नसकेको दाबी गरे। युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले अब भाषण होइन, काम गर्ने, परिणाम दिने र जनताप्रति जवाफदेही नेतृत्व चाहिएको बताए।


रास्वपाको चुनावी एजेन्डाबारे स्पष्ट पार्दै कानुले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राखिएको जानकारी दिए। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, कृषिमा आधुनिकीकरण, साना तथा मझौला उद्यम प्रवर्द्धनमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना र पूर्वाधार विकासलाई तीव्रता दिने उनको प्रतिबद्धता थियो।


उनले देशभर समान र सन्तुलित विकास गर्न रास्वपासँग स्पष्ट योजना र सक्षम टिम रहेको दाबी गर्दै परिवर्तन चाहने मतदातालाई रास्वपा रोज्न आग्रह गरे। घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिनु परिवर्तनप्रतिको बढ्दो चाहनाको संकेत भएको सहभागीहरूको भनाइ थियो।

घरदैलो कार्यक्रममा पर्सागढिका युवा हरुको सक्रिय सहभागीता रहेको थियो ।





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content