$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

सबैया साझेदारी बन उपभोक्ता समूहको सदस्य तर्फको निर्वाचन आंशिक सम्पन्न, मधेसी र खुल्ला तर्फ विवाद

बलिराम शुक्ला । पर्सागढी । सबैया साझेदारी बन उपभोक्ता समूहको आज सम्पन्न सदस्य निर्वाचनमा केही सदस्यहरू गोला प्रथाबाट निर्वाचित भए पनि मधेसी ...

बलिराम शुक्ला । पर्सागढी । सबैया साझेदारी बन उपभोक्ता समूहको आज सम्पन्न सदस्य निर्वाचनमा केही सदस्यहरू गोला प्रथाबाट निर्वाचित भए पनि मधेसी र खुल्ला तर्फ विवादका कारण सदस्य चयन हुन सकेन।


निर्धारित समयभित्र सर्वसम्मति जुट्न नसकेपछि दलित, आदिवासी जनजाति र महिला तर्फका उम्मेदवारहरूबीच सहमतिमा गोला प्रथा अपनाइएको थियो। गोला प्रथाबाट महिला तर्फ सखिना अन्सारी, गीता देवी र रिना देवी कलवार निर्वाचित भएका छन्। त्यस्तै आदिवासी जनजाति तर्फ राधिका भक्त लामा तथा दलित तर्फ प्रियंका माझी निर्वाचित भएका छन्।


महिला तर्फ तीन सदस्यका लागि छ जनाको उम्मेदवारी परेको थियो भने दलित तर्फ एक सदस्यका लागि तीन जना र आदिवासी जनजाति तर्फ एक सदस्यका लागि छ जनाको उम्मेदवारी परेको थियो।


मधेसी र खुल्ला तर्फ गोला प्रथाबाट सदस्य चयन गर्न खोज्दा केही प्रतिनिधिहरूले निर्वाचनमार्फत चयन गर्नुपर्ने माग गर्दै होहल्ला गरेपछि ती तर्फका सदस्यहरू आज चयन हुन सकेनन्।

निर्वाचन अधिकृत रामनारायण कुर्मीले विज्ञप्ति जारी गर्दै महिला, आदिवासी जनजाति र दलित तर्फ गोला प्रथाबाट सर्वसम्मत रूपमा सदस्य चयन भए पनि समय अभावका कारण मधेसी र खुल्ला तर्फ निर्वाचन हुन नसकेको जानकारी दिनुभयो। उहाँका अनुसार ती तर्फ निर्वाचन गराउन बुथ निर्माण, मतपत्र तथा सुरक्षा व्यवस्थाको तयारी आवश्यक भएकाले डिभिजन बन कार्यालय र प्रतिनिधिहरूसँग परामर्श गरी निर्वाचनको मिति तोकिने बताईयको छ ।


यसैबीच, केही प्रतिनिधिहरूले निर्वाचन मिति पुनः सारिएको भन्दै होहल्ला गरेका थिए। साझेदारीका प्रतिनिधि संजय प्रसाद कुर्मीका अनुसार आइतबार बिहान ९ बजेदेखि निर्वाचनका लागि प्रतिनिधिहरूलाई बोलाइएको भए पनि गोला प्रथाको बहाना बनाएर समय लम्ब्याउन खोजिएको भन्दै कडा विरोध गरिएको थियो।


डिभिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले मधेसी र खुल्ला तर्फ सहमतिको प्रयास भए पनि सहमति हुन नसकेकाले अब १–२ दिनभित्र उम्मेदवारहरूलाई बोलाई छलफल गरी निर्वाचनको मिति तय गरिने बताउनुभयो। उहाँका अनुसार मधेसी तर्फ एक सदस्य पदका लागि दुई जनाको र खुल्ला तर्फ सात सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ।


यसअघि सम्पन्न साधारणसभाबाट अध्यक्ष पदमा लखनलाल साह, उपाध्यक्षमा असलम आलम र वडा सदस्य तर्फ शेष नेसार अहमद सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content