बलिराम शुक्ला पर्सागढि प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को चुनाबी प्रदेस सभा क्ष...
बलिराम शुक्ला
पर्सागढि
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को चुनाबी प्रदेस सभा क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
मधेस प्रदेस क्षेत्र न -३ (क) का सभापति प्रेम संखर मुखियाको सभापतित्वमा सम्पन्न भेलामा चुनाबमा कार्यकर्ता परिचालन र मतदाता लक्षित अभियान लाई प्रभावकारी बनाउनको लागि पटेर्वासुगौली गाउपालिकाको वडा न १ गादिमाई मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा उत्साहजनक कार्यकर्ता हरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्बाचन क्षेत्र न-३ नेपाली काङ्ग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले पार्टीभित्रको एकता, अनुशासन र कार्यकर्ताको सक्रियता नै निर्वाचन जित्ने सबैभन्दा मुख्य आधार रहेको बताए । "पर्सा–३ का मतदाताले बिगतमा गरेको गल्ती अब नदोहोर्याउन आग्रह गर्दै विकास, पारदर्शिता र जवाफदेहिताको खोजी गरिरहेका छन्। ती अपेक्षा पूरा गर्न नेपाली कांग्रेससँग स्पष्ट दृष्टिकोण र अनुभवी नेतृत्व छ," उनले भने, "पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर अघि बढेमा विजय सुनिश्चित छ।" चौधरीले विगतमा आफूले क्षेत्रको विकासका लागि थालेका पहलहरूलाई अझ प्रभावकारी बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा पर्सा क्षेत्र न २ का उम्मेदवार तथा कानुन न्याय तथा संसदीय मामिला पुर्ब मन्त्री अजय चौरसिया , पुर्ब संविधान सभा सदस्य अजय द्वुबेदि , नेपाली काङ्ग्रेसका जिल्ला सभापति जनार्धन शिह क्षेत्री लगायत नेता हरुले पर्साको चारै क्षेत्रका काङ्ग्रेस उम्मेदवार हरुलाई ईमान्दारिता पुर्बक लागि भारी मतले जिताउन कार्यकर्ता हरुलाई आग्रह गरे ।
सोही कार्यक्रममा काङ्ग्रेस पार्टी त्यागेका पटेर्वासुगौली गाउपालिका वडा न १ का लालबहादुर यादब पुन आफ्नै पार्टीमा फर्कियका छन बीस बर्ष देखि पार्टीमा सक्रिय रहेका यादब पार्टी भित्र बढदाे असन्तुष्ठिका कारण काङ्ग्रेस पार्टी छाडेका यादब पुन आफ्नो पार्टीको घरमा फर्किन्दा खुसी व्यक्त गर्दै आफ्नो उम्मेदवार लाई जिताउन लागि पर्ने बताए ।
कार्यकर्ता भेला र पार्टी प्रवेशले पर्सा–३ मा नेपाली कांग्रेसको चुनावी माहौल थप सकारात्मक बनेको देखिन्छ भने सुरेन्द्र चौधरीको नेतृत्वमा कांग्रेसले यसपटक मजबुत प्रतिस्पर्धासहित विजय हासिल गर्ने मतदाता हरुले बताएका छन ।

COMMENTS