$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

ठोरी गाउँपालिकामा संचालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

पोखरिया । ठोरी गाउँपालिकाको आयोजनामा संचालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । माघ १३ गतेदेखि संचालित प्रतियोगितामा...

पोखरिया । ठोरी गाउँपालिकाको आयोजनामा संचालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ ।

माघ १३ गतेदेखि संचालित प्रतियोगितामा सहभागी ठोरी गाउँपालिकाका ६ वटा माध्यमिक बिद्यालयका विद्यार्थीहरु बिच भएको प्रतिस्पर्धामा सरस्वती माबि गौतम नगरले प्रथम, नेपाल राष्ट्रिय माबि ओडारले द्वितीय र ज्ञान बाटिका माबि सुवर्णपुरले तृतीय स्थान प्राप्त गरेका छ्न । बिजेताले क्रमश ३० हजार, २५ हजार र २० हजार नगद सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन ।


प्रथम स्थान हासिल गर्ने सरस्वती माबिले १९ स्वर्ण, ८ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । द्वितीय हुने नेरामाबि ओडारले ४ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । तृतीय स्थान प्राप्त गर्ने ज्ञान बाटिका माबि सुवर्णपुरले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।

गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा उपाध्यक्ष गोकुली रेग्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि, ठोरीका सबै बिद्यालयका बिब्यस अध्यक्ष तथा सम्पुर्ण शिक्षकहरू, सहभागी बिद्यालयका बिद्यार्थीहरुको उपस्थिति रहेको उपस्थिति रहेको थियो ।

यसैबीच समापन समारोह अघि ठोरी गाउँपालिका मातहतका कर्मचारी र ठोरी गाउँ पालिकाका पुरुष शिक्षकहरू बीच मैत्रीपुर्ण फुटबल खेल भएको थियो, जसमा शिक्षक समुहले २-१ को अन्तरले जीत हासिल गर्दै नगद रु. २० हजार प्राप्त गरेको छ । त्यस्तै गाउँपालिका मातहतका महिला कर्मचारी र ठोरीका महिला शिक्षकहरु बिच भएको मैत्रीपुर्ण भलिबल खेलमा पनि महिला शिक्षकहरूको समुह बिजयी भएको छ । बिजेता टीमले नगद रु. १० हजार प्राप्त गरेको थियो 

कार्यक्रमको अन्त्यमा पुरस्कार बितरण सहित बिजय उत्सव समेत मनाइएको थियो ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content