बलिराम शुक्ला पर्सागढि पर्साको पर्सागढी नगरपालिकामा रास्वपाको नगर पार्टी कार्यालय घण्टी घरको आज एक कार्यक्रमको बीच रास्वपाका पर्सा क्षेत्र ...
बलिराम शुक्ला
पर्सागढि
पर्साको पर्सागढी नगरपालिकामा रास्वपाको नगर पार्टी कार्यालय घण्टी घरको आज एक कार्यक्रमको बीच रास्वपाका पर्सा क्षेत्र न २ का उम्मेदवार सुशील कुमार कानुले उद्दघाटन गरेका छन ।
पर्सागढि नगरपालिका वडा न ३ बडनिहारमा पार्टी कार्यालयको उद्घघाटन गर्दै रास्वपा उम्मेदवार कानुले देशमा परिवर्तनको लहर सुरु भइसकेको हुनाले जनता लाई सधै भरी निरासा बनाउने हरुलाई पाखा लगाउदै परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरे ।पहिलो पटक रास्वपाले मधेसीको छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउन घोषणा गरिसकेकाले मधेसीमात्र नभइ देशभरका नेपाली जनता उत्साहित भएर रास्वपालाई प्रचण्ड बहुमतले जिताउने मनसाय बनाइसकेको बताए ।
पर्सा–२ मा पनि यसपालि परिवर्तनको लहर चलेको भन्दै अब मतदाताले आफुलाई भारिमतले बिजय गराउने बताए । म वडा अध्यक्ष बाट राजिनामा दिएर जनताको सेवा गर्न आएको हुनाले आँफुले जनताको आशा र भरोसा कदापी टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रममा रास्वपा पर्साकी कार्यवाहक सभापति तुलसा पौडेल,क्षेत्रीय उपसभापति शान्ति ढकाल, पर्सागढि नगरसभापति कविराज अर्याल, उपसभापति सुनिल रायभर,सचिव सरफु आलम अन्सारी,कोषाध्यक्ष सम्झना कार्की , वडा न २ का सभापति गगा आचार्य , युवा नेता बुद्धिराज पौडेल , तप्सी पटेल लगायत स्थानीय हरुको सहभागिता रहेको थियोे ।

COMMENTS