Menu

पोखरियामा एमालेको चुनावी रणनीतिबारे छलफल

News Desk |
January 24, 2026
Featured

पोखरिया । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को नेकपा एमालेको क्षेत्रीय कार्यकर्ता भेला पोखरिया नगरपालिकामा सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको  बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालन बारे छलफल गरिएको थियो।

बैठकमा नेकपा एमाले पर्सा–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डेले विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका अघि सार्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, प्रदेश सांसद प्रमोद ज्यास्वाल,नगर प्रमुख प्रदुमन चौहान,सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव,लगायत प्रदेश, जिल्ला, पालिका तहका पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी थिए।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3