पोखरिया । राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ३ को पोखरिया नगरपालिका ६ सिरिसियामा पार्टी प्रवेश तथा चुनावी सभा सम्पन्न भएको छ। न...
पोखरिया । राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ३ को पोखरिया नगरपालिका ६ सिरिसियामा पार्टी प्रवेश तथा चुनावी सभा सम्पन्न भएको छ।
नगर अध्यक्ष प्रदिप पटेलको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश संगठन विभाग उपाध्यक्ष प्रमोद कुमार सहनीले देशमा परिवर्तन आवश्यक भएको र सो परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीबाट सम्भव भएको बताउनुभयो। उनले घन्टीमा भोट हाल्न सुझाव दिए।
कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार रमाकान्त चौलसियाले देशको विकासको निम्ति घन्टीलाई भोट हाल्न अनुरोध गरे। उनले क्षेत्रमा देखिएका समस्या राष्ट्रिय स्वतन्त्र पार्टीले नै समाधान गर्ने बताए। देशमा भ्रष्टाचार हटाउन र सुशासन कायम गर्नका निम्ति जेन्जी आन्दोलन भएको बताए। कार्यक्रममा क्षेत्रीय अध्यक्ष मनोज कुर्मी, जोगेन्द्र पटेल, विश्वेश्वर चौधरी, खुसीलाल दास, लालकिशोर पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न पार्टी त्याग गरी सयौं नेता कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। नव प्रवेशीहरूलाई प्रमुख अतिथि ले टीका गम्छा लगाई पार्टीमा स्वागत गरेका थिए ।

COMMENTS